सन्दीपको दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

 छोटकरीमा

  • 1.यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो।     





पूरा पढ्नुहोस्

काठमाडौं। सन्दीप लामिछाने बिना मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ।

यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो।

१५८ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पनि सोही नतिजा दोहोर्‍याउँदा खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले बलिङ गरेको दिल्लीका लागि कागिसो रवाडाले दुई विकेट लिएपछि दिल्लीले एक ओभरमा ३ रनको लक्ष्य पाएको थियो।

३ रनको लक्ष्यसहित कप्तान श्रेयस ऐयर र ऋषभ पन्त दिल्लीका लागि क्रिजमा उत्रिएका थिए।

१ रन वाइडमा पाएको दिल्लीका लागि ऋषभले २ रन थप्दै रोमाञ्चक जित दिलाए।

आजको खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने खेलेका थिएनन्।


Comments

Popular posts from this blog

About Dr.KI Singh In Nepali and English

How to slow aging and even reverse it

बसेर खाना खानुका यस्ता छन् फाइदा