New Nepali Breakup Muktak / Sahiri / Prasiddha Devkota नेपाली मन छुने मुक्तक

 Thank you so Much Anil Khanal For providing me this beautiful lines.


       नेपाली मन छुने मुक्तक           






          


1. उनको याद आयो त चोट केहीं पुराना निक्ल्यो !

दिलको माटो भित्र पुरिएको खजाना निक्ल्यो !

कहाँ बस्छौ आजकल भनि सोध्दै थियौ तिमीले;

मैले हेरें मुटुुभित्र तिमिलाई सबै तिम्रो ठेगाना निक्ल्यो !

❤️


2. पैसामा बिक्छ प्रेम साँचो माया कहाँ खोज्न जाउँ म

पलभरमै तोडिदिन्छन कस्तो बाचा कसम खाउँ म

अरे कलियुगको प्रेमले निरोगिलाइ नै रोगि बनाउँछ

आफैं भन्नु आफ्नै मन मुटु दुखाउने प्रेम किन लाउँ म


3. आउने त्यो काल परै बाट तर्काएर देखाउ

मेरो छेउमै नआइज भनि थर्काएर देखाउ

सम्पति छ जे पनि गर्न सक्छु भन्ने लागेमा

छोडेर गएको प्राण फेरि फर्काएर देखाउ


4. कोहि आबेगमा हात काट्छ्न।

कोहि मायाले गाला चाट्छ्न।।


कलियुगमा बुझ्नै गाह्रो छ यहाँ,

आफ्नै साथिले दुश्मनी आट्छ्न।



5. जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन

पित्तल कहाँ हेर्छर सुनैमा जान्छ मन

लाखौं ताराहरु छन त्यो आकाशमा,

मान्दैन अरु अहँ ,जुनैमा जान्छ मन।


                    




    Thank you so Much for Reading Hope you guys love it share if you love it.

                धन्यवाद 

Comments

Popular posts from this blog

About Dr.KI Singh In Nepali and English