Posts

Showing posts with the label Nepali Poems

New Nepali Breakup Muktak / Sahiri / Prasiddha Devkota नेपाली मन छुने मुक्तक

Image
 Thank you so Much Anil Khanal For providing me this beautiful lines.         नेपाली मन छुने मुक्तक                        1. उनको याद आयो त चोट केहीं पुराना निक्ल्यो ! दिलको माटो भित्र पुरिएको खजाना निक्ल्यो ! कहाँ बस्छौ आजकल भनि सोध्दै थियौ तिमीले; मैले हेरें मुटुुभित्र तिमिलाई सबै तिम्रो ठेगाना निक्ल्यो ! ❤️ 2. पैसामा बिक्छ प्रेम साँचो माया कहाँ खोज्न जाउँ म पलभरमै तोडिदिन्छन कस्तो बाचा कसम खाउँ म अरे कलियुगको प्रेमले निरोगिलाइ नै रोगि बनाउँछ आफैं भन्नु आफ्नै मन मुटु दुखाउने प्रेम किन लाउँ म 3. आउने त्यो काल परै बाट तर्काएर देखाउ मेरो छेउमै नआइज भनि थर्काएर देखाउ सम्पति छ जे पनि गर्न सक्छु भन्ने लागेमा छोडेर गएको प्राण फेरि फर्काएर देखाउ 4. कोहि आबेगमा हात काट्छ्न। कोहि मायाले गाला चाट्छ्न।। कलियुगमा बुझ्नै गाह्रो छ यहाँ, आफ्नै साथिले दुश्मनी आट्छ्न। 5. जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन पित्तल कहाँ हेर्छर सुनैमा जान्छ मन लाखौं ताराहरु छन त्यो आकाशमा, मान्दैन अरु अहँ ,जुनैमा जान्छ मन।     ...

Ma Vitra Ko Mah Nepali Kabita By Prasiddha Devkota

 म भित्रको म                                                    ✍️ अस्मित भुसाल    म बाहिर जति चञ्चल भए पनि म भित्रको म निकै धीर छ म बाहिर जति कातँर भए पनि  म भित्रको म निकै वीर छ  म बाहिर जति सङ्कोच गरे पनि म भित्रको म आफैँमा दयावान् छ दुनिया साराले मलाई नराम्रो भने पनि म भित्रको म आफैँमा स्वाभिमान छ म जति कटुवचन बोले तापनि म भित्रको म निकै नरम छ दुनिया मलाई जति तुक्ष्य सोचे पनि म भित्रको म निकै परम छ म बाहिर जति उत्ताउलो देखिए पनि म भित्रको म निकै गहकिलो छ म औँसीको अँध्यारो रात सरि भएपनि म भित्रको म निकै चहकिलो छ म जति नै नराम्रो बाटोमा हिडेँ पनि म भित्रको म सत्मार्ग मै हिँड्दछ म आएका ती चुनौतीसँग जति डराए पनि म भित्रको म हरेक चुनौतीलाई चिर्दछ  मैले अघि बढ्ने आटँ कहिल्यै नदेखाए पनि म भित्रको म गन्तव्य तर्फ लम्कन्छ म बाहिर जति नै मलिन देखिए तापनि म भित्रको म निकै नै चम्कन्छ म समाजमा अन्यायको सामु नबोले पनि म भित्रको म नारा कहने ...