New Nepali Breakup Muktak / Sahiri / Prasiddha Devkota नेपाली मन छुने मुक्तक
Thank you so Much Anil Khanal For providing me this beautiful lines. नेपाली मन छुने मुक्तक 1. उनको याद आयो त चोट केहीं पुराना निक्ल्यो ! दिलको माटो भित्र पुरिएको खजाना निक्ल्यो ! कहाँ बस्छौ आजकल भनि सोध्दै थियौ तिमीले; मैले हेरें मुटुुभित्र तिमिलाई सबै तिम्रो ठेगाना निक्ल्यो ! ❤️ 2. पैसामा बिक्छ प्रेम साँचो माया कहाँ खोज्न जाउँ म पलभरमै तोडिदिन्छन कस्तो बाचा कसम खाउँ म अरे कलियुगको प्रेमले निरोगिलाइ नै रोगि बनाउँछ आफैं भन्नु आफ्नै मन मुटु दुखाउने प्रेम किन लाउँ म 3. आउने त्यो काल परै बाट तर्काएर देखाउ मेरो छेउमै नआइज भनि थर्काएर देखाउ सम्पति छ जे पनि गर्न सक्छु भन्ने लागेमा छोडेर गएको प्राण फेरि फर्काएर देखाउ 4. कोहि आबेगमा हात काट्छ्न। कोहि मायाले गाला चाट्छ्न।। कलियुगमा बुझ्नै गाह्रो छ यहाँ, आफ्नै साथिले दुश्मनी आट्छ्न। 5. जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन पित्तल कहाँ हेर्छर सुनैमा जान्छ मन लाखौं ताराहरु छन त्यो आकाशमा, मान्दैन अरु अहँ ,जुनैमा जान्छ मन। ...