Ma Vitra Ko Mah Nepali Kabita By Prasiddha Devkota
म भित्रको म
✍️अस्मित भुसाल
म बाहिर जति चञ्चल भए पनि
म भित्रको म निकै धीर छ
म बाहिर जति कातँर भए पनि
म भित्रको म निकै वीर छ
म बाहिर जति सङ्कोच गरे पनि
म भित्रको म आफैँमा दयावान् छ
दुनिया साराले मलाई नराम्रो भने पनि
म भित्रको म आफैँमा स्वाभिमान छ
म जति कटुवचन बोले तापनि
म भित्रको म निकै नरम छ
दुनिया मलाई जति तुक्ष्य सोचे पनि
म भित्रको म निकै परम छ
म बाहिर जति उत्ताउलो देखिए पनि
म भित्रको म निकै गहकिलो छ
म औँसीको अँध्यारो रात सरि भएपनि
म भित्रको म निकै चहकिलो छ
म जति नै नराम्रो बाटोमा हिडेँ पनि
म भित्रको म सत्मार्ग मै हिँड्दछ
म आएका ती चुनौतीसँग जति डराए पनि
म भित्रको म हरेक चुनौतीलाई चिर्दछ
मैले अघि बढ्ने आटँ कहिल्यै नदेखाए पनि
म भित्रको म गन्तव्य तर्फ लम्कन्छ
म बाहिर जति नै मलिन देखिए तापनि
म भित्रको म निकै नै चम्कन्छ
म समाजमा अन्यायको सामु नबोले पनि
म भित्रको म नारा कहने गर्छ
म बाहिर जति नै स्धिर देखिए पनि
म भित्रको म खोला झै बहने गर्छ
म राष्ट्रियताको लागी कहिल्यै नलडे पनि
म भित्रको म राष्ट्रको लागि मर्न खोज्छ
म कविता लेख्न कहिल्यै नखोज्दा पनि
म भित्रको म रचना गर्न खोज्छ ।
धन्यवाद...❤️
Comments
Post a Comment